Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

‘गठबन्धनले बहुमत ल्याए ज्येष्ठ नागरिकलाई ६५ वर्षमै भत्ता दिन्छौँ’

काठमाडौं । सत्तारूढ दलबीचको गठबन्धनले बहुमत प्राप्त गरेमा ज्येष्ठ नागरिकलाई उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षाभत्ता ६५ वर्षको उमेरमै उपलब्ध गराइने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

लोकतान्त्रिक–वाम गठबन्धन, निर्वाचन क्षेत्र नं २ नुवाकोटले आज बट्टारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको सरकार महिला, बालबालिका तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गको हितमा काम गर्ने भएकाले सामाजिक सुरक्षाभत्ता पाउने उमेर ६५ वर्ष कायम गराउन कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनको बहुमत आवश्यक रहेको बताए ।

'विसं २०५२ मा नेपालीको आयु ५४ वर्ष रहेकामा अहिले त्यो बढेर ७१ वर्ष पुगेको छ । त्यसलाई बढाएर ८० वर्ष पु¥याउन चाहन्छौँ', उनले भने,'त्यसका लागि ज्येष्ठ नागरिकको स्वास्थ्य सुविधा सुनिश्चित र उनीहरूको मनोबल उच्च बनाउन ७० वर्षमा पाउने सामाजिक सुरक्षाभत्ता कांग्रेस नेतृत्वको सरकारले ६८ वर्षमा पाउने बनाएको छ । अब गठबन्धनले बहुमत ल्याए त्यसलाई ६५ वर्षमा नै पाइने बनाउँछौँ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077