Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मौनअवधिमा तीन दिन जनताका नाममा निराहार व्रत बस्ने सागर ढकालको घोषणा

डडेल्धुरा । डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले तीन दिन निराहार व्रत बस्ने घोषणा गरेका छन् ।

बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै उनले डडेल्धुराका‌ जनताका नाममा तीन दिन व्रत बस्ने घोषणा गरेका हुन् ।

‘अब भोलिबाट सुरु गरेर तीन दिन व्रत बस्दैछु। भोलि र पर्सि मौनअवधि भयो। निकोपर्सि चुनावको दिन। यो तीन दिन हजुरहरूको नामा निराहार फलफूल, खाना केही नखाएर व्रत बस्छु,’ उनले भने,‘केही लक्ष्यका साथ भोकै बस्नु भन्ने प्रण गरेको छु।’ सागरले व्रत बस्नुमा धार्मिक र वैज्ञानिक कारण भएको उल्लेख गरेका छन् ।

जनताहरूलाई मंसिर ४ गते राम्रोसँग मतदान गरिदिन आग्रह समेत उनले गरेका छन्। डडेल्धुरामा देउवा, सागर र नेपाली काँग्रेस (विपी) का कर्ण मल्ल र स्वतन्त्र विक्रम शाही चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077