Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले यी स्थानबाट गर्दैछन् मतदान

    प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले यी स्थानबाट गर्दैछन् मतदान

    अनलाइन नेपाल
  • शनिबार, ३ मंसिर २०७९
  • 684
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले मतदान गर्दै छन्।

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका-१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन्।



    यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन्। प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्ने जनाइएको छ। २०४८ सालदेखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन्।



    नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ-आफ्नो मतदाता नामावली भएको मतदान केन्द्रमा पुगी मतदान गर्ने छन्।

    अध्यक्ष दाहाल आफ्नो मताधिकार प्रयोग गर्न आजै अपराह्न चितवन पुगिसकेका छन्। उनले भरतपुर महानगरपालिका-१४ शिवनगरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन्।

    एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौर नगरपालिका-२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवनमा मतदान गर्दै छन्।

    यस्तै लोकतान्तिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सर्लाहीको बलरा नगरपालिका-१ मा मतदान गर्ने छन्। अध्यक्ष ठाकुर महोत्तरी-३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्।

    जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले विराटनगर-१४ स्थित डिग्री क्याम्पसमा रहेको मतदान केन्द्रमा मतदान गर्दै छन्। उन सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्।

    त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताले आफ्नै निर्वाचन क्षेत्रको मतदान केन्द्रमा मतदान गर्ने छन्।

    त्यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास-२, सत्यवादी माध्यमिक विद्यालयस्थित केन्द्रबाट मतदान गर्दै छन्। कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौं-३०, मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रमा मतदान गर्दै छन्।

    अर्का महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका-९ को कविशिरोमणि मतदान केन्द्रमा मतदान गर्ने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार