Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सागर ढकालले भने - मतपेटिका असुरक्षित छन्, डडेल्धुरावासी नसुत्नुस् !

काठमाडौं । डडेल्धुराका प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार सागर ढकालले बुथको बाकसमा आफ्नो प्रतिनिधि राख्न नदिएको गुनासो गरेका छन्। उनले डडेल्धुराका जनताहरूले आफ्नो मतको सुरक्षा गरिदिन आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘डडेल्धुराका जनताहरू बाटो बाटोमा भिडियो, लाइभ जे हुन्छ त्यही राखेर बस्नु पर्‍यो । गाडीको स्कर्टिंग हजुरहरूले नै गर्नुपर्‍यो । बुथको बाकसहरू कुनै पनि उम्मेदवारको एजेन्ट बिना हिँडेको छ।’

उनले सत्तापक्षबाट चलखेल हुनसक्ने भन्दै जंगलको बाटोमा झन् धेरै ख्याल गर्न आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘आज राति सुत्न भएन। जङ्गल छ भने झन् ख्याल गर्नुपर्‍यो । बाटो बाटोमा बसिदिनु हुन अनुरोध।’

बुथको बाकस बोकेर लैजाने जिम्मा सबै प्रशासनलाई जिम्मा दिने हो भने हामी यत्रो उम्मेदवार लड्नु नलड्नुको अर्थ के भयो ? भनेर प्रश्न समेत गरेका छन्।

उनले भनेका छन्, ‘कुनै पनि गाडी हामी कुनै एक जना उम्मेदवारको एजेन्ट नभईकन प्रशासनको रहोभरमा मात्र सिधै यो रातको समयमा आयो भने कसरी विश्वास गर्ने तलमाथि हुँदैन भन्ने ।’

सत्ता गठबन्धन भन्दा बाहिरको एजेन्ट एक जना नराखी गाडी लगे भने के गर्ने ? भनेर प्रश्न गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077