Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नवलपरासी–१ मा विनोद चौधरी अगाडि, पछ्याउँदै घण्टी

नवलपरासी । नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिइरहेका छन्।

कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् ।

नेकपा एमालेको समर्थन पाएका जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठी भने तेस्रो स्थानमा छन् ।

रास्वपाका ठकुरीभन्दा कांग्रेसका चौधरी ३०७ मत अन्तरले मात्रै अगाडि छन् । चौधरीले ३३५८ र रास्वपाका ठकुरीले ३ हजार ५१ मत पाएका छन् ।
जप्रपाका त्रिपाठीले मत २ हजार ५६८मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077