Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

लेखराज भट्टलाई ज्यान मार्ने धम्की, दुईजना पूर्व लडाकु पक्राउ

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ परेका छन् ।

आज बिहान गोदावरी नगरपालिका १ अत्तरियास्थित भट्टको निवासमै पुगेर धम्की दिएको आरोपमा दुईजना समातिएका हुन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका २ बस्ने दीपेन्द्र विक रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र पाण्डेयले जानकारी दिए ।

दुवै जना अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077