Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विनोद चौधरीलाई पछि पार्दै ठकुरी ४५९ मतले अगाडि

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले अग्रता लिएका छन् ।

यसअघि अग्रस्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनसँग पछि परेका हुन् ।

ठकुरीले ७ हजार २२ मत प्राप्त गरेका छन् भने चौधरीले ६ हजार ५ सय ६३ मत प्राप्त गरे ।

यस्तै तेस्रो स्थानमा रहेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ५ हजार ९ सय ६५ मत प्राप्त गरे ।

घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा ४ सय ५९ मतले अगाडि छन् भने त्रिपाठीभन्दा १ हजार ५७ मतले अगाडि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077