Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

एमालेद्धारा गुल्मी-२ मा 'क्लिन स्वीप', प्रदेश सभा ‘ख’ बाट पन्थी विजयी

गुल्मी । गुल्मी-२ प्रदेश सभा (ख) मा एमालेका दिनेश पन्थी निर्वाचित भएका छन् ।

पन्थीले १३ हजार ९२९ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका बुद्धी जिसीले १३ हजार ८१९ मत प्राप्त गरेका छन् ।

पन्थीले जिसीलाई ११० मतान्तरले पराजित गरेका हुन् । पन्थी ०७४ सालमा पनि बाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा तर्फ गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी भइसकेका छन् । प्रदेशसभा २ ‘क’ मा पनि एमालेका डिल्लीराज भुसाल विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077