Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जुम्ला १ (क) मा स्वतन्त्र उमेदवार शाही विजयी

    जुम्ला १ (क) मा स्वतन्त्र उमेदवार शाही विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 594
    SHARES

    जुम्ला । जुम्ला निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा ९क० मा स्वतन्त्र उमेदवार देवेन्द्रबहादुर शाहीले एक हजार ८९९ मतान्तरले विजयी भएका छन् ।

    आज सम्पन्न मतगणनामा स्वतन्त्र उमेदवार शाही विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए ।



    शाहीले कूल नौ हजार ६५४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले सात हजार ७५५ मत प्राप्त गरेका छन् ।



    नेकपा एमालेका उमेदवार धीरेन्द्रराज गिरीले पाँच हजार ४७० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार