Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

मकवानपुर-२ बाट एमालेका महेश बर्तौला विजयी

मकवानपुर । मकवानपुर-२ मा नेकपा एमालेका महेश बर्तौला विजयी भएका छन् ।

उनले नेकपा एकिकृत समाजवादीका विरोध खतिवडालाई चार हजार ५२० मतको अन्तरले हराउँदै विजयी भएका हुन् ।

बर्तौलाले ३४ हजार नौसय १६ मत र खतिवडाले ३० हजार तीनसय ९६ मत प्राप्त गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १२ हजार ३९ मत प्राप्त गरे ।

यस क्षेत्रमा ८६ हजार तीनसय एक मत खसेको थियो । जसमध्ये चार हजार एकसय दुई मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077