Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कैलाली–४ मा सत्ता गठबन्धनको प्यानल विजयी

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा सदस्यमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा १ र २ मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का दीर्घ बहादुर सोडारी र नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका हुन् ।

प्रदेशसभा १ मा सोडारीले १३ हजार ४८९ मतसहित प्रतिद्धन्द्धी नेकपा एमालेका भीम देउवालाई पराजित गरे । देउवाले ९ हजार ४२३ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४ हजार ५६ छ ।

यो क्षेत्रमा ३१ हजार ५७४ मत खसेको थियो । यस्तै नेपाली कांग्रेसका उम्मेदवार प्रकाश बमले १२ हजार ४७३ मत पाएर विजयी भए । उनका निकटत प्रतिद्वन्दी हरि सिंह साँउदले ११ हजार ९५७ मत पाए ।

यसअघि प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077