Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • फिल्म निर्माता रोज राणा प्यूठान ‘ख’ बाट विजयी

    फिल्म निर्माता रोज राणा प्यूठान ‘ख’ बाट विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । । फिल्म निर्माता, कलाकार तथा निर्देशक रोज राणा सरोज थापा प्यूठान प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् ।

    नेपाली कांग्रेसबाट उम्मेदवार बनेका राणाले २२ हजार ५१८ मतका साथ विजय प्राप्त गरेका हुन् ।



    उनका निकटतम् प्रतिद्वन्दी एमालेका हरि रिजालले १ हजार ७१२ मत कम अर्थात २० हजार ८०७ मत पाएका थिए । राणा प्यूठान क्षेत्र नं। २ का क्षेत्रीय सभापति पनि हुन् ।



    प्रदेशसभामा लड्नका लागि रोजले नेपाल चलचित्र निर्माता संघको अध्यक्ष पद समेत त्यागेका थिए । उनी निर्माता संघका निवर्तमान महासचिव हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार