Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • लुम्बिनी सरकार विस्तार : रोज राणा बने उद्योग तथा यातायात मन्त्री

    लुम्बिनी सरकार विस्तार : रोज राणा बने उद्योग तथा यातायात मन्त्री

    अनलाइन नेपाल
  • शनिबार, ७ पुष २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपिएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका सरोज थापा र माओवादीका सांसद कृष्णा केसीलाई मन्त्री बनाएका हुन् ।

    थापा उद्योग तथा यातायात मन्त्री र केसीलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिइएको हो । आइतबार शपथग्रहण गराइने कार्यक्रम तय भएको बताइएको छ ।



    प्युठानका थापा कांग्रेस संस्थापन पक्षका सांसद हुन् । उनी प्युठान प्रदेशसभा २ मा विजयी भएका हुन्। उनी फिल्म क्षेत्रमा रोज राणाको नामले चिनिन्छन् । उनी फिल्म निर्माता समेत हुन् ।



    यस्तै माओवादीवाट केसीको नाम यसअघि नै पार्टीले सिफारिस गरेको थियो । बाँके जिल्लाको क्षेत्र नम्बर १ बाट विजय केसी यसअघि प्रदेशको विना विभागीय मन्त्री बनेकी थिइन् ।

    कांग्रेसको तर्फबाट दाङबाट निर्वाचित डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए । तर उनले सरकारलाई पूर्णता दिन सकेका थिएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार