Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने

    लुम्बिनीका मुख्यमन्त्री महराले शुक्रबार विश्वासको मत लिने

    अनलाइन नेपाल
  • मंगलबार, २७ चैत्र २०८०
  • 291
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार विश्वासको मत लिने भएका छन् ।

    शुक्रबार दिउँसो १ बजे मुख्यमन्त्रीले विश्वासको मत लिने भएकाले सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाको बैठक बोलाउने तयारी गरेका हुन् ।



    लुम्बिनी प्रदेशसभा नियमावलीको नियम १२ अनुसार बैठक बस्न लागेको हो। प्रदेशसभाका ८७ सांसद मध्ये बहुमतका लागि ४४ सांसद आवश्यक पर्छन् ।



    महरालाई गठबन्धन दल एमालेको २९, माओवादी १०, नागरिक उन्मुक्ति पाटीका ४, जसपाका ३, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थन रहेको छ ।

    महराले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तारको काम अगाडि बढाउने तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार