Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • लुम्बिनीका मुख्यमन्त्री महराले मन्त्रीमण्डल विस्तार गर्दै, मन्त्रीहरुको शपथ आजै हुने

    लुम्बिनीका मुख्यमन्त्री महराले मन्त्रीमण्डल विस्तार गर्दै, मन्त्रीहरुको शपथ आजै हुने

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 228
    SHARES

    वुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज मन्त्र‍िपरिषद् विस्तार गर्ने भएका छन्।

    नेकपा एमालेले मन्त्रीको नाम सिफारिस गरेपछि मुख्यमन्त्री महराले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।



    एमालेले संसदीय दलका नेता लिला गिरीले भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन सिफारिस गरेको छ।



    एमाले स्रोतकाअनुसार पन्थीलाई गृह, ढकाललाई सहकारी विकास, केसीलाई वन र खत्रीलाई सामाजिक विकास मन्त्री बनाउने सहमति भएको छ।

    यसअघि एमालेबाट चेतनारायण आचार्य र स्वतन्त्र सांसद दीपेन्द्र पुन विना विभागीय मन्त्री थिए। स्रोतका अुनसार उनीहरूलाई पनि आजै जिम्मेवारी तोकिनेछ।

    आचार्यलाई अर्थ र पुनलाई स्वास्थ्य मन्त्रालयको दिइने सहमति भएको बताइएको छ। सत्ता गठबन्धन दलहरूबीच यसअघि माओवादीले मुख्यमन्त्री र दुई मन्त्रालय तथा एमालेलाई पाँच मन्त्रालय दिने सहमति भएको भएको थियो।

    अब माओवादीबाट कृष्णा केसी आज मन्त्रि बन्नेछन्। उनलाई सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्री बनाइने छ। जसपाबाट भण्डारीलाल अहिर र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी पनि आजै मन्त्री बन्दैछन्।

    त्यस्तै चौधरीलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने दलहरुका बीचमा मोटामोटी सहमति कायम भइसकेको स्रोतको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार