Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • लुम्बिनीका मुख्यमन्त्री महराले आज शपथग्रहण गर्दै

    लुम्बिनीका मुख्यमन्त्री महराले आज शपथग्रहण गर्दै

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 270
    SHARES

    दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।

    प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको हो ।



    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखमबहादुर महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए ।



    महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत गरेका छन् ।

    सबै सत्ता साझेदार दलबाट कम्तिमा एक–एक जनालाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहेको स्रोतले बतायो । त्यसका लागि सत्ता साझेदार दलका नेताहरुबीच छलफल भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार