Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुनाव हारेपछि महेश बस्नेतले भने - हामी हार्न तयार हुन्छौं तर कदापि हार खादैनौँ

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित एमाले नेता महेश बस्नेतले आफूहरू हार्न तयार हुने तर हार नखाने बताएका छन्।

उनले भक्तपुर–२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता दुर्लभ थापासँग हारेपछि सामाजिक सञ्जालमार्फत उक्त प्रतिक्रिया व्यक्त गरेका हुन्।

उक्त क्षेत्रमा निर्वाचित दुर्लभ थापालाई बधाई तथा सफलताको शुभकामनासमेत दिदै उनले अगाडी लेखेका छन, ‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष र अभ्यास हो।

हामी हार्न तयार हुन्छौं तर कदापि हार खादैनौँ। विजय र पराजय स्वाभाविक पक्ष हुन्।’

बस्नेतले आफूलाई मत दिने मतदाता तथा सहयोगीहरूप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077