Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदन किराती भन्छन्- विजय जुलुस गर्ने पैसाले जनताको घरमा जस्तापाता हाल्छु

काठमाडौं । माओवादी केन्द्रका नेता सुदन किराँतीलेआफू निर्वाचित भएसँगै विजय जुलुस र भोजभतेर नगर्ने बताएका छन् ।

निर्वाचनको अन्तिम मत परिणाम बिहीबार साँझ सार्वजनिक भएसँगै उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भोजभतेर र विजय जुलुस निकाल्ने पैसाले फुसको घर भएका जनताको घरमा जस्ता लगाइदिने बताएका छन् ।

नेकपा एमालेका प्रभावशाली नेता तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै किराँती भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनले शेरधनलाई २ हजार ३८५ मतले पराजित गरेका हुन् । किराँतीले २८ हजार ५७८ मत प्राप्त गर्दा राईले २६ हजार १९३ मत प्राप्त गरेका छन् ।

‘विजयको नाममा गरिने भोज भतेर जस्ता फजुल खर्चले दुई घर परिवारको चुहुने फूसको छानो हटाई जस्तापाता हालिदिएर हाम्रो अभियानको आरम्भ गर्नेछु,’ उनले विजय भएपछि जनतालाई धन्यवाद ज्ञापन गर्दै भनेका छन्, ‘जिन्दावाद १ र मुर्दावाद १ को नारा लगाउँदै समय,शक्ति र सम्पति खर्च गरेर विजयसभा नगर्ने निर्णय गरेको छु ।’

किरातीले आफूहरु निर्वाचनमा विजयी भएपनि जनतामा व्याप्त भोक,अशिक्षा र भ्रष्टाचार जस्ता महाशत्रुलाई पराजित नगरी र जनजिविकामा आम जनताको अधिकतम पहुँच वृद्धी नगरेसम्म विजयी हुन नसक्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077