कपिलवस्तु । कपिलवस्तु-२ मा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य विजयी भएका छन् ।
आचार्यले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन् ।
उनले ३९ हजार १४ मत ल्याए । गुप्ताले ३८ हजार ६९७ मत पाए ।
यस्तै राप्रपाका सविता शर्माले एक हजार ५७४ मत र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले एक हजार १२३ मत ल्याए ।