Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इलाम १ मा झलनाथ खनाल एमालेका बस्नेतसंग हार्ने निश्चित

इलाम । इलाम–१ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको हार निश्चित भएको छ ।

मतगणना नसकिदै खनाल पराजयनजिक पुगेका हुन् । इलाम क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतसँग २५ सय मतले पछाडि परेका छन् ।

इलाम १ मा सातौंपटक उम्मेदवार बनेका खनालले यसपटक आफ्नै पूर्वकार्यकर्ता महेश बस्नेतसँगको प्रतिस्पर्धामा सुरूदेखि नै पछि परे ।

पछिल्लो गणनाअनुसार बस्नेत २४ हजार ३०४ मतसहित अग्रस्थानमा रहदा खनाल २१ हजार ८०२ मतका साथ पछ्याइरहेका छन् ।

कुल ५९ हजार ९०६ मत खसेकोमा अहिलेसम्म ५६ हजार ४९२ मत गणना भइसकेको छ । खनाल २५ सय मतले पछाडि परेकाले अब ३ हजार जति गन्न बाँकी मतबाट उनले जित निकाल्न छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077