Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

विमलेन्द्र निधिले भने - प्रधानमन्त्री देउवालाई संसदीय दलको नेता बनाउन मेरो समर्थन रहन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।

समानुपातिक उम्मेदवार निधिले देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै आफ्नो समर्थन रहने बताएका हुन् ।

शनिबार निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए ।

निधिले भने , ‘मसँग भेटघाट हुँदा उहाँ संसदीय दलको नेता बन्न इच्छुक हुनुहुन्छ । म उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने पक्षमा छु । मैले उहाँलाई समर्थन गर्छु ।’

देउवा बाहेक अरूलाई सहयोग गर्न नसक्ने निधिले बताए । गठबन्धनको नेतृत्व गरिरहेकोले संसदीय दलको नेता देउवा नै हुनुपर्ने निधिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077