इलाम । इलाम १ को प्रदेश सभा ‘क’ मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवम् एकीकृत समाजवादीकी नेतृ खिनु लङ्वा (लिम्बू) विजयी भएकी छन् ।
लङ्वाले एमालेकी शोभा पराजुलीलाई एक हजार नौ सय ७६ मतान्तरले पराजित गरिन् ।
लङ्वाले १३ हजार तीन सय ७० मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी एमालेकी शोभा पराजुलीले ११ हजार तीन सय ९४ मत प्राप्त गरिन् ।
सो क्षेत्रमा २९ हजार ४ सय ९६ मत खसेको थियो ।