Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मेलम्चीको सुरुङमा आजदेखि पानी भर्न सुरु

    मेलम्चीको सुरुङमा आजदेखि पानी भर्न सुरु

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 693
    SHARES

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा पानी भर्न सुरु गरिएको छ। परियोजनाले सोमबारदेखि अस्थायी रूपमा सुरुङमा पानी भर्न सुरु गरेको हो ।

    खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरेको छ । बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।



    गत महिनादेखि नै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढेको थियो । आयोजनाको हेडवर्क्समा पुरिएका संरचना र आयोजनासम्म पुग्ने सडक बनाएर पानी पथान्तरण गरिएको हो ।



    गत वर्ष स्थायी संरचना बाढीले क्षतिग्रस्त भएपछि वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेर अस्थायी रुपमा पानी ल्याउनुपर्ने अवस्था छ ।

    २०७९ वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा गत असारदेखि रोकिएको थियो । यो वर्षको वर्षायाममा आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिएको आयोजनाले जनाएको छ ।

    दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट फागुन २०७७ मा पहिलोपटक पानी काठमाडौंमा ल्याइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार