Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्ने बुद्धिमान प्रहरीको फन्दामा

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्ने प्रहरीको फन्दामा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका-४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो ।

परियारले निजामती कर्मचारीको पोशाकमा जिल्ला प्रशासन कार्यालय बागलुङको परिसरमा बसेर प्रशासकीय अधिकृत रहेको बताउँदै ठगी गरिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

परियारको साथबाट निजामती कर्मचारीको पोशाक सहित विभिन्न कार्यालयका छाप र दस्तखत भएका पत्रहरु, ल्यापटप, पेनड्राईभ र ६३ हजार रुपैयाँसहित आकाश चन्द्र परियार लेखिएको प्रशासकीय अधिकृतकार रबर छाप बरामद गरिएको छ ।

सात दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077