Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पैदलयात्रीलाई ठक्कर दिएर फरार जिप चालक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका जिप चालक पक्राउ परेका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–७ का करन चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार कृष्णपुर नगरपालिका ५ को वडा कार्यालय नजिक यूए ०४१७७९ नम्बरको स्कारपिओ (जिप) ले ठक्कर दिँदा कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाका ३६ वर्षीय लवदेव भट्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल मृत्यु भएको थियो ।

चन्दलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077