Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

जर्मन फुटबल संघलाई फिफाले गर्‍यो जरिवाना

एजेन्सी । विश्व फुटबलको नियामक निकाय फिफाले जर्मनीको फुटबल संघलाई स्पेनसँगको खेलअघिको प्रेस कन्फरेन्समा आफ्ना खेलाडी नल्याएको भन्दै जरिवाना गरेको छ।

खेलअघिको प्रेस कन्फरेन्समा एकजना खेलाडी अनिवार्य उपस्थित हुनुपर्ने फिफाको नियम छ। साथै सम्बन्धित टोलीका प्रशिक्षक पनि उपस्थित हुनुपर्ने नियम छ।

शनिबार भने जर्मनीको टोलीका प्रशिक्षक हान्सी फ्लिक मात्र उपस्थित भएका थिए। यस विषयमा फिफाले पनि अनुसन्धान सुरु गरेको थियो। जसमा जर्मनीको फुटबल संघले फिफाको नियम कार्यान्वयन नगरेको पाइएको हो।

यससँगै फिफाले ८ हजार ८ सय पाउण्ड स्टर्लिङबराबरको जरिवाना लगाएको हो।

यसअघि जर्मनीका खेलाडीले जापानसँगको खेल हुनुपूर्व आफ्नो मुख छोपेर फिफाको विरोध गरेसँगै जर्मनीको फुटबल संघ र फिफाको सम्बन्ध चिसिएको छ।

जर्मनीका खेलाडीहरुले पाखुरामा वान लभ लेखेको पट्टी बाँध्न नपाउने भएसँगै उनीहरुले फिफाको विरोधमा खेलअघि मुख छोपेका थिए।

जर्मनीका प्रशिक्षकले भने आफ्ना प्रमुख खेलाडीको तीन घण्टा अनावश्यक काममा बर्बाद गर्न नचाहेकाले एक्लै गएको जवाफ दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077