Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

म्यादी प्रहरीलाई गाली गरी भिडिओ हालेको आरोपमा एक युट्युबर पक्राउ

काठमाडौं । म्यादी प्रहरीलाई गाली गरी सामाजिक सञ्जालमा भिडिओ हालेको आरोपमा एक जना पक्राउ गरेका छन् ।

विभिन्न आक्षेप, लाञ्छना लगाएर सुरक्षाकर्मीको चरित्रमा दाग पुर्‍याएको आरोपमा युट्युबरलाई साइबर ब्युरोले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौर बस्ने २० वर्षीय प्रतीक भन्ने नवीन खड्का छन्।

काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर मंगलबार उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा उनलाई पक्राउ गरिएको हो।

उनीमाथि अनुसन्धान गर्न अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति पाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077