Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिरहाबाट कटुवा पेस्तोलसहित २ जना पक्राउ

काठमाडौं । प्रहरीले सिरहाको गोलबजार नगरपालिका-११ बलकवा मैनाबती पुलबाट पेस्तोलसहित २ जनालाई पक्राउ गरेको छ ।

बाह्रबोरको कटुवा पेस्तोलसहित प्रहरीले गोलबजार नगरपालिका-४ बस्ने १९ वर्षीय कृष्णा कुमार यादव र सोही नगरपालिका-११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खानलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको थियो।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077