Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्याङ्जा–२ मा धनराज गुरुङ एमालेकी पद्माभन्दा १,९२३ मतले अगाडि

स्याङ्जा । स्याङ्जा–२ मा पछिल्लो मत परिणामअनुसार कांग्रेसका धनराज गुरुङले अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार धनराजले आठहजार ९६७ मत पाएका छन् । उनलाई पछ्याइरहेकी एमालेकी पद्मा अर्यालले सातहजार ४४ मत पाएकी छन् ।

धनराज एकहजार ९२३ मतले अगाडि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले दुईहजार ९९९ मत पाएका छन् ।

४ मंसिर निर्वाचन सम्पन्न भए पनि झण्डै १२ दिन दलहरूबीचको किचलोका कारण मतगणना सुरु हुन सकेको थिए । निर्वाचन आयोगको निर्देशनपछि बुधबार रातिदेखि मतगणना सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077