Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मलेसियाका राजा अब्दुल्लाहको सगरमाथा हेर्ने चाहना, नेपाल भ्रमणको निम्तो

    मलेसियाका राजा अब्दुल्लाहको सगरमाथा हेर्ने चाहना, नेपाल भ्रमणको निम्तो

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 624
    SHARES

    काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

    बिहीबार क्वालालम्पुरस्थित राजदरबारमा आयोजित कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहसमक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।



    कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त भएकामा पौडेललाई बधाई दिएका थिए । त्यसक्रममा राजा सुल्तान अब्दुल्लाहसँग पौडेलले नेपाल र मलेसियाबीच रहिआएको द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी गरेका जनाइएको छ ।



    राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति भण्डारीका तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा समेत दिए ।

    राजा सुल्तान अब्दुल्लाहले विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि नेपाल भ्रमण गर्ने आफ्नो इच्छा रहेको बताए ।

    सो अवसरमा मलेलिया र नेपालमा हालै भएको आम निर्वाचनबारे समेत कुराकानी भएको नेपाली दूतावासले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार