Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, नेपालमा के हुन्छ ?

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।

आईओसीबाट बिहीबार प्राप्त मूल्यसूचीअनुसार डिजल प्रतिलिटर ११ रूपैयाँ र पेट्रोल प्रतिलिटर २ रूपैयाँ घटेर आएको हो । भारतबाट मूल्य घटेर आए पनि नेपाली बजारमा भाउ घटाउनेबारे कुनै छलफल नभएको बताइएको छ ।

बिहीबारको नयाँ मूल्यअनुसार निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा छ। त्यस्तै खाना पकाउने ग्यास, हवाइ इन्धन, मट्टितेल समेत गरी निगमलाई अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ।

तर निगमले आइओसी र नेपाल सरकारको गरेर अझै १५ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी भएकाले तत्काल नेपाली बजारमा भाउ कम हुने या नहुनेबारे यकिन छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077