Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माओवादी नेत्री शर्मा भन्छिन्– सरकारको नेतृत्व आलोपालो हुन्छ

बुटवल । दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रकी नेता रेखा शर्माले सरकारको नेतृत्व आलोपाले गर्ने निर्णय भएको, तर पहिला कसले नेतृत्व गर्ने भन्ने बारेमा सहमति जुटाउनुपर्ने बताएकी छन्।

शुक्रबार बुटवलमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै शर्माले गठबन्धनको सरकार बनाउँदा ठूलो दलको हैसियतले नेपाली कांग्रेसको प्रधानमन्त्रीमा दाबी रहनु स्वाभाविक भएको टिप्पणी गरिन्।

‘कुनै एउटा पार्टीले मात्रै सरकार बनाउन सम्भव छैन, त्यसैले छलफलमा छौँ। प्रधानमन्त्री को हुन्छ भन्ने विषय छ, त्यो सहमतिका आधारमा ल्याउनुपर्छ भन्नेकुरा हो,’ उनले भनिन् ‘आलोपालो प्रधानमन्त्री बन्ने भन्नेकुरा शीर्ष नेताहरु बसेर छलफल गर्नुभएको छ।’

उनले राजनीतिक दलहरूले युवालाई पनि सम्मानजनक रूपमा अगाडि बढाउनुपर्ने सुझाव दिँदै युवाको जबर्जस्ती हस्तक्षेपभन्दा पनि नयाँ दृष्टिकोण र सोचका साथ अगाडि बढ्दा मुलुक सही मार्गमा जाने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077