Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्याङजा २ मा धनराजको अग्रता कायमै, पद्मालाई पछ्याउँदै टिकाराम

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार सत्ता गठबन्धनका साझा उम्मेदार कांग्रेस गुरुङले १४ हजार ३०६ मतसहित अग्रस्थान लिएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले १२ हजार १३५ मत प्राप्त गरी गुरुङलाई पछ्याइरहेकी छन्। यी दुईबीचको मतान्तर २११७ रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५९३३ मत प्राप्त गरेका छन्।

यस्तै प्रदेश (ख) मा कांग्रेस उम्मेदवार महेश भट्टराईले अग्रस्थान लिएका छन्। उनले १३८५ मत प्राप्त गरेका छन्।
उनका निटकतम प्रतिस्पर्धी नेकपा एमालेका बुद्धिमान श्रेष्ठ १५३३ मत प्राप्त गरेका छन्।

भट्टराई र श्रेष्ठको मतान्तर १४८ रहेको छ। अहिले कालीगण्डकी १ र २ मा मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077