Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्याङ्जा २ मा धनराजकाे अग्रता कायमै, पद्मा अर्याल २ हजार २३९ मतले पछि

काठमाडौं । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्‍मेदवार धनराज गुरुङले नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालसँग मतान्तर जोगाइरहेका छन् ।

बिहीवारदेखि शुरु गरिएको मत गणनाको पछिल्लो परिणाअनुसार गुरुङ २ हजार २३९ मतान्तरसहित अग्रस्थानमा छन् ।

गुरूङले १५ हजार ८०५ मत प्राप्त गर्दा अर्यालले १३ हजार ५६६ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकबहादुर गुरुङले ५ हजार ९९२ मत प्राप्त गरेका छन् ।

मंसिर ४ गते नै मतदान भएको त्यस क्षेत्रमा बुथ कब्जा भएको भन्दै विवाद भएपछि मत गणना कार्य रोकिएको थियो ।

निर्वाचन आयोगले मत गणना गर्न निर्देशन दिएपछि बिहीवारदेखि मत गणना कार्य शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077