Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपा एसले भन्यो - माओवादी केन्द्रसँग एकताको हल्लामा कुनै सत्यता छैन

काठमाडौं । नेकपा एकीकृत समाजवादी(एस)ले नेकपा माओवादी केन्द्रसँग तत्काल एकताको लागि कुनै निर्णय नभएको जनाएको छ ।

पार्टीका महासचिव डा.बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका हुन् ।

दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति ध्यानाकर्षण भएको भन्दै महासचिव भुसालले भनेका छन्, ‘यो पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन ।’

पार्टी एकताको प्रचार गरेर भ्रम फैल्याउन खोजिएको भुसालको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं ।

तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’

माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनालाई तत्कालका लागि खारेज गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077