Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे एमाले उपमहासचिव गुरुङ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङबीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनिहरुबीच भेट भएको हो ।

उपमहासचिव गुरुङले प्रधानमन्त्री देउवालाई भेटेर फर्किएको बालुवाटारनिकट स्रोतले जनाएको छ। प्रधानमन्त्री देउवा र उपमहासचिव गुरुङबीच ३३ मिनेट भलाकुसारी भएको जनाईएको छ ।

संसदीय अंक गणित र आगामी नयाँ सरकारबारे एमाले अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर दूतका रुपमा बालुवाटार गएका गुरुङले देउवालाई चुनावी जीतको बधाई तथा शुभकामनासमेत दिएका छन्।

प्रधानमन्त्री देउवालाई भेटेलगतै गुरुङ बालुवाटारबाट निस्केर बागबजारस्थित प्रेस चौतारी नेपालले आयोजित कार्यक्रममा गएका थिए। सत्ता राजनीतिका दृष्टिकोणले उनीहरूको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077