Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रहरी प्रशासनको सहमतिपछि आफन्तले बुझे ग्रेडरले किचेर मृत्यु भएकी विद्यार्थीको शव

काठमाडौं । धनगढीमा बिहीबार ग्रेडरले किचेर मृत्यु भएकी बालिका चेतना साउँदको शव हरी प्रशासनको सहमतिपछि आफन्तले बुझेका छन् ।

ग्रेडर चालकमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ । चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र चार दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आज बिहानैदेखि चेतनाको लागि न्याय माग्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन् ।

धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत चेतनाको ग्रेडरले किचेर मृत्यु भएपछि प्रशासनले निषेधाज्ञा समेत लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077