Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ : वर्षाका कारण नेपाल र नामिबियाबीचको खेल रद्द

काठमडौं । आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले घरेलु टोली नामिबियाबीचको पहिलो खेल रद्ध भएको छ ।

वर्षाका कारण पहिलो खेल बीचमै रोकिएको हो । यससँगै दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।

नेपालले दिएको एक सय ९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नामबियाले चार बल खेल्दा पानी परेपछि खेल रोकिएको थियो ।

युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077