Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कुटपिट गरी हत्या गरेको आरोपमा दुईजना पक्राउ

धनुषा । छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा धनुषाबाट दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका–४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ ।

गत बुधबार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको उपचारको क्रममा जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। सोही घटनामा अन्य तीन जना घाइते भएका छन्।

सो घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दा दायर गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रजौरेले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077