Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

हर्क साम्पाङ भन्छन् - बालेनलाई घेराबन्दीमा पारियो, अब स्वतन्त्रहरु एक हौं

काठमाडौं । धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पार्न खोजिएको टिप्पणी गरेका छन् ।

शनिबार बिहान समाजिक सञ्जालमार्फत मेयर साम्पाङले यस्तो टिप्पणी गरेका हुन् । उनले अब स्वतन्त्रहरु एक बन्ने बेला आएको समेत बताए ।

उनले समाजिक सञ्जालमा लेखेका छन् ‘कथाले माग्यो अब स्वतन्त्रहरु एक बन्ने बेला आएको छ । स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेराबन्दीमा पारिएको छ । त्यो निन्दनीय छ ।’

यस्तो बेला अरुले जे गरेपनि आफ्नो भने बालेनलाई साथ रहने साम्पाङले प्रतिबद्धता व्यक्त गरे । यस्तै शुक्रबारदेखि एमाले नेता डा. भीम रावलसमेत काठमाडौं महानगरपालिकाका प्रमुख बालेनसँग सवाल जवाफमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077