Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बालकुमारीबाट अवैध लागूऔषधसहित किशोर पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बालकुमारीबाट एक किशोरसहित २ जना अवैध लागूऔषधसहित पक्राउ परेका छन् ।

ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम, मोबाइल ३ थान र नगद ९ हजार रुपैयाँ सहित महोत्तरी जलेश्‍वर नगरपालिका १ घर भई हाल

काठमाडौं माहनगरपालिका ३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साह समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077