Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

स्याङ्जा–२ मा धनराजको अग्रता कायमै, पद्मा अर्याल ४ हजार ६३१ मतले पछि

काठमाडौं । स्याङ्जा २ मा प्रतिनधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

शनिबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार धनराजले २७ हजार ३२ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्‍मा अर्यालले २२ हजार ४०१ मत पाएकी छन् ।

उनीहरुबीचको मतान्तर ४ हजार ६३१ छ ।प्रदेशसभा निर्वाचन क्षेत्र स्याङ्जा २ (२) मा पनि नेपाली कांग्रेसका महेश भट्टराईले अग्रता कायम राखेका छन् ।

उनले १४ हजार। ८६७ मत पाएका छन् भने नेकपा एमालेका वुद्धिमान श्रेष्ठले १२ हजार ७०४ मत पाएका छन् । भट्टराई २ हजार। १६३ मतान्तरले अगाडि छन् ।

स्याङ्जा २ मा प्रतिनिधिसभामा ७० हजार १९१ मत खसेकामा अब चापाकोट नगरपालिकाको ५, ६, ७, ८, ९ र १० नम्बर वडाको मतगणना हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077