Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पद्मा अर्याललाई हराउँदै स्याङ्जा - २ मा कांग्रेसका धनराज गुरुङ विजयी

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका धनराज गुरुङ विजयी भएका छन् ।

नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्याललाई ५ हजार ६२७ मतान्तरले पराजित गर्दै कांग्रेस केन्द्रीय उपसभापतिसमेत रहेका गुरुङ विजयी भएका हुन् ।

गुरुङले ३१ हजार ४६६ मत प्राप्त गरे । अर्यालले २५ हजार ८३९ मत ल्याइन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ८ हजार ११३ मत ल्याएका छन् ।

समानुपातिकबाट सांसद बनेका गुरुङ पहिलोपटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । अर्यालको भने यससहित तेस्रो प्रतिस्पर्धा हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077