Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग–२ : आज स्कटल्याण्डसँग खेल्दै नेपाल

काठमाडौं । नामिबियामा भइरहेको आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल आज स्कटल्याण्डसँग खेल्दैछ ।

यी दुई टोलीबीचको खेल दिउँसो १ः४५ देखि विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा सुरु हुनेछ । जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले वर्षाका कारण नामिबियासँग अंक बाँडेको थियो । अहिलेसम्म विश्वकप लिग–२ मा स्टकटल्याण्डले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

उसले २९ म्याच खेल्दा २० मा जित र ७ खेलमा मात्र हार बेहोरेको छ । नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टु खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077