Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

रौतहटबाट झण्डै दुई क्विन्टल गाँजासहित एक जना बरामद

काठमाडौं । रौतहट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । रौतहटको सदरमुकाम गौरमा जमिनमुनि लुकाएर राखेको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको हो।

प्रहरीले गाँजा ढुवानी गरेर ल्याएको आरोपमा ट्रक र चालकलाई समेत नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट शनिबार खटिएको प्रहरी टोलीले गौर ३ स्थित कुखुरा फर्ममा छापा मारेर १ क्विन्टल ८० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजा ढुवानी गरेको आरोपमा प्रदेश ०१-००६ ख २८३० नम्बरको ट्रक र मकवानपुर आरा ३ का २१ वर्षीय चालक सुरेन्द्र स्याङतान सहितलाई नियन्त्रणमा लिइएको छ ।

कुखुरा फर्म सञ्चालक भारतीय नागरिक फिरोज मिया भने हालसम्म फरार रहेको र उनको खोजी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077