Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकुल बाँस्कोटाको घरलाई लक्षित गरी विष्फोटक पदार्थ राखिएकोप्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाको घरलाई लक्षित गरी विष्फोटक पदार्थ राखेको भेटिएको घटनाप्रति नेकपा एमाले काभ्रेले आपत्ति जनाएको छ ।

आइतबार नेकपा एमाले काभ्रेले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो । जीवनभर राष्ट्र र जनताको परिवर्तनको पक्षमा लागेको र लाखौं जनताको विश्वास प्राप्त गरी निर्वाचित भएको जनप्रतिनिधिमाथि पटक-पटक गरिएको यस्तो हिंसात्मक र आतंककारी गतिविधि अत्यन्तै खेदजनक भएको जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेका नेता बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घर परिसरमा आइतबार बिहान शंकास्पद वस्तु भेटिएको थियो । सोही शंकास्पद वस्तुलाई नेपाली सेनाले निस्क्रिय बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077