Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • माओवादी केन्द्रका महासचिव गुरूङले भने – गठबन्धन तोड्ने वा फोड्ने कुरा भएको छैन

    माओवादी केन्द्रका महासचिव गुरूङले भने – गठबन्धन तोड्ने वा फोड्ने कुरा भएको छैन

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 750
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रले हाल कायम रहेको सत्ता गठबन्धनकै सरकार बनाउन पार्टीको प्राथमिकता रहने बताएको छ ।

    पार्टी पदाधिकारीको आइतबार सम्पन्न बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका महासचिव देव गुरुङले हाल कायम रहेको गठबन्धनको विकल्प खोजिनसकेको स्पष्ट पारेका हुन् ।



    महासचिव गुरूङले भने,‘अहिलेको गठबन्धनलाई तोड्ने वा फोड्ने कुरा भएको छैन। आपसी समझदारीलाई जोड दिने हो। अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौं । गठबन्धनको बैठक गरेर समीक्षा गर्छौं।’



    गुरुङले पार्टीको बैठकमा सरकारको बारेमा उल्लेखनीय रुपमा विषय प्रवेश नै नगरेको दाबी गरे । उनले पार्टीको पदाधिकारी बैठकमा चुनावकै विषयमा छलफल केन्द्रित भएको पनि उनले जिकिर गरे । उनले समग्र चुनावी समीक्षा र सरकार निर्माणका सवालमा सत्ता गठबन्धनको बैठक सोमबार बोलाइएको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार