Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • देशभक्त तथा गणतन्त्रवादीलाई एकीकृत गरेर मात्रै समाजवादतर्फ जान सकिन्छ : देव गुरुङ

    देशभक्त तथा गणतन्त्रवादीलाई एकीकृत गरेर मात्रै समाजवादतर्फ जान सकिन्छ : देव गुरुङ

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 600
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सम्पूर्ण कम्युनिस्ट शक्ति, देशभक्त तथा गणतन्त्रवादीलाई एकीकृत गरेर मात्रै समाजवादतर्फ जान सकिने बताएका छन् ।

    जनप्रगतिशील मञ्चद्वारा बेलायतस्थित अल्डरसर्टमा आयोजित वार्षिक भेटघाट तथा विभिन्न चाडपर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले यस्तो बताएका हुन् ।



    ‘समाजवादी लक्ष्य पूरा गर्नका लागि सम्पूर्ण कम्युनिस्टहरू, देशभक्त तथा गणतन्त्रवादीहरू मिल्नुको विकल्प छैन तर त्यसभन्दा पहिला मेचीदेखि महाकालीसम्मका समाजलाई एकताबद्ध गर्न जरुरी छ,’ महासचिव गुरुङले भने ।



    यस्तै उनले प्रचण्डको नेतृत्वमा आफ्नो पार्टीले पहल नगरेको भए अहिले देश युक्रेन भइसक्ने दाबी गरे । समाजवाद स्थापना गर्नका लागि पार्टीले तीन महिने जनतासँग विशेष रुपान्तरण अभियान थालेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार