Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्वर सम्राट नारायण गोपालको ३२औं स्मृति दिवस मनाईंदै

काठमाडौं । आज सोमबार स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस मनाइँदैछ । दिवसको अवसरमा नेपाल संगीत प्रज्ञा प्रतिष्ठान तथा नारायण गोपाल संगीत विद्यालयलगायत संघ संस्थाले विभिन्न कार्यक्रमहरु गर्दैछन् ।

नेपाली आधुनिक गीत संगीतको दुनियाँमा अद्भूत छाप छाड्न सफल नारायण गोपालको वि.सं. २०४७ साल मंसिर १९ गते निधन भएको थियो ।

वि.सं. १९९६ सालको असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको ५१ वर्षकै उमेरमा निधन भएको थियो ।

नारायण गोपालले नेपाली आधुनिक संगीतको सिर्जनशील–युगको एकक्षत्र नेतृत्व गरेका थिए । साथै सुगम–संगीतको पाठशाला निर्माणमा पनि उनकै देन रहेको छ ।

आफ्नो जीवनकालमा सयौं गीत गाएका नारायण गोपालका सबै गीत उत्तिकै कर्णप्रिय र कालजयी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077