Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आमनिर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात–अन्तर्घातको छानबिन गर्न माग गरेका छन्।

राजनीतिक संवाद समूहले महाराजगन्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले निर्वाचनमा भएको अन्तर्घातको गहन समीक्षा हुन आवश्यक रहेको बताए।

‘दलीय गठबन्धनको बैठकले केही निर्णय गर्नुअगाडि पार्टीको बैठकबाट समेत धारणा बनाएर गठबन्धनको बैठकमा लैजानुपर्छ। नेपाली कांग्रेसको जीवनमा लोकतान्त्रिक–वाम गठबन्धन नयाँ अभ्यास हो। यस्तो अवस्थामा कांग्रेसप्रति जनताको ठूलो अपेक्षा छ। ती अपेक्षालाई कसरी पूरा गर्ने भन्नेमा कांग्रेस सजग हुन जरुरी छ,’ नेता महरले भने।

विशेष गरी युवा जमातमा आएको परिवर्तनको भोक र बेरोजगारीको समस्या ,सवदेश तथा विदेशमा रहेका नेपालीको इच्छा र आकांक्षा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा कांग्रेसको प्रस्ट खाका हुनुपर्ने महरको जोड छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077